पुस ०४,डेस्क। आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको नयाँ मूल्य निर्धारण गरेकाे छ। गत वर्षको भन्दा प्रतिक्विन्टल २५ रुपैयाँले बढाएको छ।
आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको लागि उखुकाे समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो।
नेपाल सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माका अनुसार निर्धारित मूल्यमा व्यावसायीले ५६५ रुपैयाँ व्यहोर्नेछन्। त्यसमा नेपाल सरकारले ७० रुपैयाँ थप गरेर किसानलाई प्रतिक्विन्टल ६३५ रुपैयाँ दिने निर्णय भएको हो।





