पुस ०३,डेस्क। NCELL को सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज यस्तो आदेश गरेको हो।
सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत सेयर बिक्रीविरुद्ध परेको मुद्दामा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।
सांसद समेत रहेका सिंहले गत मंसिर २२ मा एनसेल बिक्री रोक्न माग गर्दै सर्वोच्चमा एनसेल आजियटा लिमिटेडविरुद्ध रिट दायर गरेका थिए।





