पुस ०३,डेस्क। हिजो राति दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ।
कुश्मा नगरपालिका-८ चुवा चाईना चोकमा ग.२१ प ९५ नम्बरको स्कुटर सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१३ खौला बस्ने २८ वर्षीय सागर कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।





