वैदेशिक रोजगारी : दुबई पठाइदिने भन्दै ८३ जना व्यक्तिहरुबाट दुई करोड ६३ लाख ५४ हजार रुपैयाँ ठगी

|

पुस ०२,डेस्क। प्रहरीले ठगी मुद्दाका फरार अभियुक्त कोमलराज उपाध्यायलाई आज अदालतमा बुझाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले इन्टरपोलको समन्वयमा पक्राउ गरेको उनलाई सोमबार कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

त्रिनेत्र म्यानेजमेन्ट कन्सल्ट्यान्सी प्रालि खोलेर वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै ८३ जना व्यक्तिहरुबाट दुई करोड ६३ लाख ५४ हजार ६१० रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक (कोमलराज उपाध्याय ) पक्राउ परेका छन्।

सर्लाही जिल्लाको साविक जानकीनगर गाविस ७ स्थायी ठेगाना भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ घर भएका ४१ वर्षीय कोमलराज पक्राउ परेका हुन्।

उनलाई खोज्‍न सीआईबीको अनुरोधमा इन्टरपोलले ६ जेठ २०७९ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उपाध्यायलाई यूएईबाट पक्राउ गरेर मंसिर ३० गते नेपाल ल्याइएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित