पुस ०२,डेस्क। मोटरसाइकल अनियन्त्रित भई हिजो राति दुर्घटना हुदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भने १ जना घाइते भएका छन्।
रूपन्देहीको बुटवल उपमहानगरपालिका-५ स्थित सडकमा लु.१९ प ७४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-९ पुरानो बसपार्कस्थित बाक्सा फ्याक्ट्रीमा काम गर्ने नवलपरासी बर्दघाट नगरपालिका-४ घर भएका २४ वर्षीय पप्पु चमारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । १ जना घाइतेको उपचार भइरहेको छ । मोटरसाइकल धनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।





