विवाहपञ्चमी : आज चौथो दिन तिल्कोत्सव (छेका) मनाइँदै

|

मंसिर २९,डेस्क। विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवलाई मैथिलीमा छेका पनि भनिन्छ ।

तिल्कोत्सवमा जानकी मन्दिरबाट कोसेली लिएर साधुसन्तहरु राम मन्दिरमा पुगेर तिल्कोत्सव मनाइन्छ ।

विवाह हुनु अघि बेहुली पक्ष दहीचुरा, खिरपुरी, विभिन्न प्रकारको मिठाई, फलफूल, लत्ताकपडा सहित बेहुलाको घरमा पुगेर दिन्छन् ।

त्यसलाई भार (कोसेली) भन्छन् । भार पुर्याएपछि बेहुला र बेहुली पक्षबीच टिकाटालो हुन्छ ।

सीताको बुवा अर्थात् राजा जनकको भूमिका जानकी मन्दिरका महन्तले पूरा गर्दछन् । रामको बुबा अर्थात राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने परम्परा छ ।

प्रत्येक वर्षक कम्तिमा १०१ भार (कोसेली) राम मन्दिरमा लैजाने गरेकोमा यस वर्ष करिब ४ सय भार लगिने जानकी मन्दिरका सहमहन्त रामरोशन दासले जानकारी दिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित