१४ किलो सुन प्रकरण : प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरे

|

मंसिर २८,डेस्क। केहि दिन यता मंसिर २१ गते १४ किलो सुनसहित पक्राउ परेका गोरखाका चन्द्र घले प्रकरणमा त्रिभुवन विमानस्थलमा कार्यरत एकजना सरसफाइ सुपरभाइजर पक्राउ परेका छन्।

१४ किलो सुन बरामद प्रकरणको छानबिन अघि बढेसँगै सुपरभाइजर सुशीला पाण्डेलाई बुधबार भक्तपुरबाट पक्राउ गरिएको हो।

उनलाई उक्त सुन प्रकरण अनुसन्धानको जिम्मा पाएको भन्सार कार्यालयको छानबिन टोलिले पक्राउ गरेको हो।

उक्त सुन प्रकरणको अनुसन्धान गर्न विमानस्थलका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति बनेको छ।

सुन प्रकरणबारे थप अनुसन्धान भईरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित