मंसिर २८,डेस्क। धनुषामा मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपही पुलस्थित सडकमा प्र.२-०२-००२ प ४०९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमला नगरपालिका-८ सोनपारा बस्ने २५ वर्षीय भरत सहनी समेत २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि न्युरो अस्पताल जनकपुर रिफर गरिएको छ ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





