बाँके : ६ लाख ७८ हजार एक सय ८५ रुपैया बराबरको सुनको गर-गहनासहित एक भारतीय नागरिक पक्राउ

|

मंसिर २७,डेस्क। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० चारबाहिनीचोकबाट सुनका विभिन्न गर-गहनासहित एक भारतीय नागरिक पक्राउ परेको छ।

स्थानीय चार बाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको युपी ४० एयु ४१९९ नं को मोटरसाइकलमा रहेका भारत बाबागञ्ज बस्ने ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई सुनजस्तो देखिने विभिन्न गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

उनका अनुसार सञ्जयकुमारको साथबाट रु ६ लाख ७८ हजार एक सय ८५ रुपैया बराबरसुनको गरगहना बरामद भएको छ।

जस्तै मिनी हार दुई थान, मसिनो सिक्री एक थान, नथिया ठूलो सानो १० थान, लकेट एक थान, कानमा लगाउने झाला चार थान र औँठी एक थानसमेत बरामद भएको छ। त्यस्तै सुपर स्पिलिन्डर मोटरसाइकल एक थान, सामसुङ कम्पनीको ट्याब एक थान, ग्यारेन्टीवाला कानमा लगाउने टप ५४ जोर, ग्यारेन्टीवाला कानमा लगाउने बेरुवा बाली ३१ जोर र रातोपोतेमा पाइप लगाइएको थान एकसमेत प्रहरीले बरामद गरेको छ।

कहाँबाट कसरी ल्याएको भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए।

चर्चित समाचार


भर्खरै प्रकाशित