विवाह पञ्चमीमा ११ हजार स्क्वायर फिटको अन्नबाट भगवान् रामजानकीको बिबाहको स्वरुप मुर्ति निर्माण

|

मंसिर २७, डेस्क। विवाह पञ्चमीमा ११ हजार स्क्वायर फिटको अन्नबाट भगवान् रामजानकीको बिबाहको स्वरुप मुर्ति निर्माण गरेर विश्व किर्तीमान कायम गर्ने भएको छ।

जनकपुरधाम वडा नं ४ बस्ने रुपेश मिश्रकी छोरी गुनगुन मिश्रले भारतीय आजतक च्यानलमा सो मूर्ति विश्वकीर्तिमान कायम गरेको देखेर जनकपुरधाममा सो भन्दा पनि भव्य र ठूला मूर्ति बनाउनुपर्ने प्रस्तावमा भारतीय कलाकार तथा विज्ञ सतिष घुरजरसहितको टोली जनकपुरधाम आएर छलफल गरेको छ ।

विवाहपञ्चमी महामहोत्सवलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउनको लागि यो कार्य सुरु गर्न लागिएको हो । ७० क्विन्टल सुद्ध अन्नबाट मूर्ति निर्माण हुने छ ।

भारत अयोध्यामा १० हजार आठ सय स्क्वायर फिटको अन्नबाट मूर्ति बनाएर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता भएको भन्दै विवाह पञ्चमीमा जनकपुरधाममा ११ हजार स्क्वायर फिटमा सो मूर्ति बनाएर विश्व रेकर्ड राख्ने छ ।

सो मूर्ति निर्माण भएपछि वल्र्ड रेकर्डका लागि दाबी गर्ने गरिने छ । अन्नबाट राम–सीता स्वयम्वरको मूर्ति बनाइने निर्णय भएको छ। मूर्तिका लागि कुनै रङको प्रयोग हुनेछैन । जहाँ जुन रङको आवश्यकता पर्छ, सोही रङको अन्न प्रयोग गरिने छ ।” सो मूर्ति बनाउन ७० क्विन्टल अन्न लाग्ने अनुमान गरिएको छ भने मूर्ति बनाउन प्रयोग गरिएको अन्न फेरि प्रयोगमा ल्याइने बताइएको छ ।

मङ्सिर २० गतेदेखि मूर्ति बनाउने काम सुरु भएको छ । मूर्ति बनाउनका लागि भारतको मध्यप्रदेशबाट कालिगड आउने छन् । जनकपुरको १२ बिघा रंगभुमि मैदानमा निर्माण हुने मूर्ति निर्माणका लागि रु ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

मूर्ति निर्माणका लागि जनकपुर बृहत्तर क्षेत्र विकास कोष र जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइ भरहेको छ भने त्यसका लागि उद्योग वाणिज्य सङ्घ, स्थानीय सरकार र प्रदेश सरकारलगायतको सहयोग रहने छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित