बैतडी : हतियार प्रहार गरी एक महिलाको हत्या

|

मंसिर २७, डेस्क । बैतडीको सुर्नया गाउँपालिका–३ मा मंगलबार दिउँसो ५६ वर्षीया हरिना विष्टको हत्या भएको प्रहरीले जनाएको हो ।

हत्या गर्ने स्थानीय २९ वर्षीय तेजबहादुर चन्दले धारिलो हतियार प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

टाउकोमा धारिलो हतियारले प्रहार हुँदा विष्टको घटनास्थलमै मृत्यु भएको थियो।

हत्यामा संलग्न चन्दलाई प्रहरीले पक्राउ गरेको छ।

यस घटनाबारेमा थप अनुसन्धान भइरहेकोे छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित