सामाजिक सञ्जाल मार्फत ठगी गरेको आरोपमा दुई जना युवक पक्राउ

|

मंसिर २५,डेस्क। सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्सटाग्राममा मोबाइल बिक्रीको विज्ञापन राखी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको साबिक लिपनीविर्ता गाविस २ का ३३ वर्षीय अफताब आलम र महोत्तरीको साबिक गोनरपुरा गाविस ४ का २७ वर्षीय विनय शाह रहेका छन्।

आलम र साहले सामाजिक संजाल फेसबुक, टिकटक, इन्सटाग्रामको मार्केट प्लेसमा फेसबुक पेज : ट्रेडलाइन सोनी ए७३, वेस्ट बाइ स्टोर जस्ता नाम राखि सस्तोमा आइफोन मोबाइलहरु बिक्रीमा रहेको झुठा विज्ञापन राख्ने गरेका थिए।

साथै वैदेशिक रोजगारको विज्ञापन राखी पीडितलाई विश्वास दिलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा जम्मा १० लाख ३९ हजार रकम पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ।

उक्त ठगी कार्यमा संग्लन दुबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको छ।

यस सम्बन्धबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित