कैलाली : अटो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

|

मंसिर २४,डेस्क। कैलालीमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेस्थित भित्री सडकमा शनिबार साँझ सु.प. प्र. ०१००१ ह ३४८४ नम्बरको अटो आफैँ अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका गोदावरी नगरपालिकाकै वडा नम्बर ९ सेहरी निवासी ३५ वर्षीय चक्र सार्कीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सेती प्रादेशिक अस्पताल (धनगढी) मा उपचारको क्रममा मृत्यु भएको हो।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित