मंसिर २३,डेस्क। जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीन जनालाई पक्राउ गरेको छ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौर स्थित एक घरको कोठाबाट सेमी अटो मेटिक पेस्तोल १ थान र गोली १९ राउन्ड सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिक ९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।
उनिहरुबाट एक थान सेमि अटोमेटिक पेस्तोल, १९ राउन्ड गोली, एक ग्राम ४ सय मिलिग्राम लागुऔषध तथा अन्य सामग्रीसहित बरामद गरिएको प्रहरीले जनाएको छ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





