सीआईडीका ‘इन्स्पेक्टर फ्रेडरिक्स’ अभिनेता दिनेश फडनीस रहेनन्, हृदयघातपछि भर्ना, फ्यान स्तब्ध

|

मंसिर १९,डेस्क। सोनी टिभीको चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ ।

यो कुराको पुष्टि दिनेशका साथी र को-स्टार दयानन्द शेट्टीले गरेका छन् ।

दयानन्द शेट्टीले सीआईडी ​​शोमा इन्स्पेक्टर दयाको भूमिका निभाएका थिए । दयानन्दले भने, ‘दिनेश लामो समयदेखि बिरामी थिए । उनलाई हृदयाघात भएको थिएन । स्वास्थ्यमा केही समस्या थियो । उनी आफै अस्पताल गएर भर्ना भए । भर्ना भएपछि उपचार गर्न थालेपछि अन्य जटिलताहरू देखिन थाले।’

रिपोर्टका अनुसार ५७ वर्षीय दिनेशको मृत्युको कारण मल्टिपल अर्गेन फेलियर भनिएको छ । उनले सोमबार राति करिब १२ बजे मुम्बईको तुङ्गा अस्पतालमा अन्तिम सास लिए। उनको अन्तिम संस्कार मंगलबार दिउँसो मुम्बईको बोरिवली इस्टमा गरिने छ।

चर्चित समाचार


भर्खरै प्रकाशित