पाकिस्तान : सडकबाट कार खाल्डोमा खस्दा पाँच जनाको मृत्यु, मृतक सबै एकै परिवारका सदस्य

|

मंसिर १७,डेस्क। पाकिस्तानमा सडक दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको शिकारपुर जिल्लामा कार खाल्डोमा खस्दा पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक सबै एकै परिवारका सदस्य भएको बताइएको छ।

बाक्लो कुहिरोको कारण, चालकले मोडको आँकलन गर्न नसक्दा गाडी सडकबाट खाल्डोमा खसेको हो।

दुर्घटनामा परेकाहरू दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट घर फर्किँदै गरेकोजानकारी दिइएको छ।

घटनाबारे थप अनुसन्धान भईरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित