मंसिर १६, डेस्क । रौतहट जिल्लाका प्रहरी प्रमुख महिन्द्र कुमार श्रेष्ठले रौतहटका गौरमा विभिन्न कारणले रहेको थुनुवाहरुको लागि आवश्यक पुस्तकालयको ब्यवस्था चाडै गरिने बताउनु भएको छ ।
रौतहटका युवाहरुले खास गरि लागु औसध प्रयोग गरि विभिन्न अपराधी गतिविधिमा संलग्न भइ विभिन्न अपराधहरु गरिरहेको बुझिन्छ ।
यस कारण युवाहरूको भबिस्य नै अन्धकारमा परि रहेको हुँदा ब्यवस्था हुने पुस्तकालयमा जनचेतनाको लागी लेखिएको लेख , कथा , समाचार जस्तो पुस्तक , समाचार पत्रीकाहरुको सो पुस्तकालयमा ब्यवस्था मिलाइने छ ।
सो क्रममा पुस्तकालय निर्माणको लागि माण्डवी नेपालको अध्यक्ष अन्जु झालाई निर्माणमा आवश्यक सहयोगको लागि माण्डवी नेपालको अध्यक्ष अन्जु झालाई थुनुवा कोठाहरुलाइ निरीक्षण गराउनु भयो।
सो पश्चात् एसपी श्रेष्ठको पहलमा र माण्डवी नेपालको अध्यक्ष अन्जु झाको सहयोगमा ब्यवस्था हुने पुस्तकालयबाट थुनुवाहरुमा सकारात्मक असर पर्ने स्थानीय राजनीतिक कर्मिहरुले बताउछ।





