मंसिर १५,डेस्क। बर्दियामा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
बुटवलबाट धनगढीतर्फ गईरहेको लु ८५७१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ।
पूर्वपश्चिम राजमार्ग स्थित बर्दियाको ठाकुरबाबा नगरपालिका-४ सैनावारमा बस अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटना हुदा एक जना सिकिस्त घाइते भएका छन्। र उनलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ ।
बाकी सबै जना सामान्य रहेको प्रहरीले जनाएको छ।





