महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको एम्बुलेन्स ट्रकसँग ठोक्किएर दुर्घटना

|

मंसिर १४,डेस्क। महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको एम्बुलेन्स सिन्धुलीमा दुर्घटना भएको छ। दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

ज.१.च.८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे विपी राजमार्ग स्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा.३.ख.६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।

सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा परी एम्बुलेन्समा सवार पाँच जना घाइते भएका छन्।

एम्बुलेन्समा सवार महोत्तरीको महोत्तरी नगरपालिका-१ का ४० वर्षीय ईकरामुल अन्सारी, २५ वर्षीय कलाम अन्सारी, २० वर्षीया चाबोला खातुन, १ वर्षीय बालक अवरार अन्सारी र भंगाहा नगरपालिका-१ का २१ वर्षीय जयकुमार राउत घाइते भएका छन्।

उनीहरू १ वर्षीय बालक अबरारको उपचारका लागि काठमाडौं आउँदै थिए। दुर्घटनाबाट ती बालकको टाउकोमा चोट समेत लागेको छ।

एम्बुलेन्सका चालक महोत्तरीको मनरासिसुवा नगरपालिका-१ का राजु सिंह थियो भने ट्रकको चालक रामेछापको मन्थली नगरपालिका-१ का ४५ वर्षीय भेष बहादुर पाण्डेले थिए।

चर्चित समाचार


भर्खरै प्रकाशित