मंसिर १३,डेस्क। प्रधानमन्त्री प्रचण्डले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएई प्रस्थान गरे सँगै खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
प्रधानमन्त्री प्रचण्ड यूएईको दुबईमा हुने संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम खड्काले गर्ने गरी जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी मंसिर १७ गते स्वदेश फर्कने कार्यतालिका छ।





