मंसिर २७ गते देखि काठमाडौं महानगर भित्र प्लास्टिकमा सुर्तीजन्य पदार्थको बिक्री गर्न नपाइने

|

मंसिर १३.डेस्क। काठमाडौं महानगरपालिकाले मंसिर २७ गते देखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा निषेध गर्ने भएको छ।

महानगरको स्वास्थ्य विभागले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।

महानगरले सूचना जारी भएको १५ दिनभित्र प्लास्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग लगायतका सुर्तीजन्य पदार्थ र सार्वजनिक स्थानमा धूम्रपान निषेध गर्ने भनेको छ।

यो सूचना अवज्ञा गरी बिक्री गरेको पाइए महानगर प्रहरी मार्फत् जफत गर्ने र व्यवसायीलाई कानुनबमोजिम अधिकतम सजाय गर्ने पनि भनिएको छ।

महानगरको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले २९औं महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानि पुर्‍याउने सुर्तीजन्य वस्तुको बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेको बताएका छन्।

महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा पनि सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने व्यवस्था रहेको उनले बताए।

 

चर्चित समाचार


भर्खरै प्रकाशित