मंसिर १२,डेस्क। आज विहान काभ्रेको धुलिखेलमा एउटा घरमा आगलागी भएको छ।
मंगलबार बिहान ४ बजे धुलिखेल नगरपालिका-११ बाँनियाछाप बस्ने बलराम धितालको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।
प्रहरीका अनुसार उक्त घरमा मानिस बस्दैनन्।
धुलिखेल नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिइएको हो।
पिठो पिस्ने मेसिन, हाते ट्याक्टर, भुस काट्ने मेसिन, ७० मुरी मकै, ३ मुरी गहुँ, दुई मुरी धान, खाद्यान्न, भाडाकुँडा, गरी जम्मा ९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।






