धनुषाको सतलोक आश्रममा हिजो १३ जोडीको दाइजो मुक्त सामूहिक विवाह १७ मिनेटमै सम्पन्न

|

मंसिर १२,डेस्क। हिजो धनुषाको मिथिला नगरपालिका २ स्थित सतलोक आश्रममा १३ ओटा जोडीको दाइजो मुक्त विवाह सम्पन्न भएको छ । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको अन्तरजातीय एवं आदर्श विवाह सम्पन्न भएको हो ।

यो विवाह भने १७ मिनेटमै सम्पन्न भएको हो । शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टका अनुसार “असुर निकन्द रमेणी मन्त्र ” को उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामुहिक विवाह गराइएको हो ।

विबाह हुनेमा चार जोडी नेपालका छन्। भने ९ जोडी भारतका छन् । जातीय वा अन्तरजातीय धर्ममा विवाह गर्नु सबै जोडीका अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्ने इश्वरदत्त भट्टले बताएका छन्।

आइतबार देखि चलिरहेको तीन दिवसीय दिव्य धर्म यज्ञमा शन्त गरीबदासज महाराजको अमरवाणी अखण्ड पाठ, रक्तदान शिविर, विशाल भण्डारा तथा दाइजोमुक्त विवाह कार्यक्रम भइरहेको आश्रमले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित