मंसिर ११, डेस्क । ट्याङ्करको ठक्करबाट एक जनाको मृत्युु भएको छ । भने एक जना गम्भीर घाइते भएका छन ।
मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका-१७ परस्पुर बस्ने १७ वर्षीया सालिनी पाठकको आइतबार साँझ मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझीमा ना.३ ख ८८५२ नम्बरको ट्याङ्करले भे.११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालक उपचार पश्चात् डिस्चार्ज भएका छन् ।
ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।





