जनकपुरको प्रादेशिक अस्पतालमा अप्रेशन पछि सुत्केरीको मृत्यू, डाक्टर फरार

|

मंसिर ९, डेस्क। जनकपुरको प्रादेशिक अस्पतालमा एक महिलाको शल्यक्रिया पछि मिर्त्यु भएको छ। मिर्त्यु पछि डाक्टर फरार रहेको परिवारजनको आरोप छ।

शुक्रवार राती अप्रेशन थिएटरमा लगिएकी महोत्तरीको मटिहानी बस्ने हासिम राईनकी श्रीमति तजबुल खातुनको अप्रेशन पछि मिर्त्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो । तर सुत्केरीको बच्चा भने सुरक्षित रहेको परिवारजनले जनाईएको छ ।

शुक्रबार साँझ सुत्केरीलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

अहिले प्रादेशिक अस्पतालमा मृतकको परिवारजनहरु आन्दोलित भएपछि हस्पिटलको अवस्था तनावग्रस्त भएको हो । प्रादेशिक अस्पतालमा प्रहरी पनि व्यापक मात्रामा खटाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित