मंसिर ६,डेस्क। भरतपुर महानगरपालिकामा बोराभित्र पोको पारेको अवस्थामा चितवनमा दुइटा शव फेला परेको छ।
भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोक स्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो।
‘अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोरा भित्र फेला परेको छ।
दुबै जनाको हात-खुट्टा बाँधिएका छन्। मुखमा टेप समेत लगाइएको थियो।
उनका अनुसार खोलामा एक व्यक्ति माछा मार्न पुगेका थिए। गन्ध आएपछि ती व्यक्तिले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेको डिएसपी पण्डितले बताए। शवको सनाखत भइसकेको छैन।
घटनाबारे थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






