मंसिर ६,डेस्क। सर्लाहीको हरिपुरमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।
मंगलबार साँझ हरिपुर नगरपालिका ८ जुटपानीमा भएको घटनामा स्थानीय वीरेन्द्र पासवानका ६ वर्षीय छोरा आदित्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बालक लालबन्दी १ नबलपुरस्थित जेआईसी बोर्डिङ स्कुलका विद्यार्थी हुन्। उनी चाहिँ एलकेजीमा पढ्ने थिये।
जेआईसी स्कुलकै ना २ क ११० नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो।
स्कुलबाट घर फर्किएका बालकलाई आफू चढेर आएकै बसले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बसका चालकलाई पक्राउ गरेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारको लागि महोत्तरीको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।






