वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

|

मंसिर ४,डेस्क। वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन आह्वान गरेको हो । वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०८० को अनुसूची १ बमोजिम पुस ८ गते भित्र निवेदन दिन आह्वान गरिएको हो ।

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म) का १८ वर्ष मुनीका बालबालिकाहरुले निवेदन दिन पाउने बोर्ड सचिवालयले जनाएको छ ।

वार्षिक रुपमा आधारभूत तहका लागि १२ हजार र माध्यमिक तहका लागि १६ हजार रुपैयाँ छात्रवृत्ति पाइनेछ । विद्यार्थीहरुलाई वार्षिक रुपमा एकमुष्ट छात्रवृत्ति रकम उपलब्ध गराइने बोर्डले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित