मंसिर १,डेस्क। धेरै चिसोका कारण जाजरकोटका दुई भूकम्प पीडितहरुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह रहेका छन् । भूकम्पको कारणले घरबास गुमेपछि उनीहरु त्रिपालमुनी बस्दै आएका थिए ।
दुवै जना दमका दीर्घरोगी भएको र अत्याधिक चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए ।





