दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्ष दलजित सिंह धामी चढेको गाडी दुर्घटना

|

कार्तिक ३०, डेस्क। दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्ष दलजित सिंह धामी सवार भएको जिप दुर्घटनामा परेको छ।

नौगाड–२ सुण्डमुण्डबाट होपरिगाड तर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगड स्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

 

उनका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित