पोखरामा आगलागी हुदा २० लाखभन्दा बढी क्षतिको अनुमान

|

कार्तिक २९,डेस्क । पोखराको एक फोटो स्टुडियोमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जनप्रिय क्याम्पस अगाडिको अर्पन क्रियसनमा आगलागी भएको हो । फोटो तथा भिडियोको काम गर्ने स्टुडियोमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ ।

स्टुडियोमा रहेका सामग्रीहरु ९५ प्रतिशत बिग्रिएको संचालक फडिन्द्र भण्डारीले बताए । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएकाे छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित