वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको उपचारको क्रममा निधन

|

कार्तिक २८, डेस्क। आज अथार्त मंगलवार वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको निधन भएको छ। हर्निया रोगबाट पीडित मानन्धरको उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो । साहित्यकार मानन्धर करिब ९० वर्षका थिए ।

साहित्य सिर्जनामा नै निरन्तर सक्रिय मानन्धरलाई बाल साहित्य रत्न उपाधिबाट सम्मानित गरिएको थियो ।

उनी नेपाली बाल साहित्यका सर्जक, प्रवर्धक, प्रकाशक,अनुवादक, अन्वेषक, प्रचारक र प्रसारक समेत थिए ।

मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत अन्य थुप्रै सम्मानहरूबाट समेत सम्मानित भएका थिए ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित