कार्तिक २७ ,डेस्क। चिनियाँ टेक्नोलोजी कम्पनी बाइट डान्सले चलाउँदै आएको टिकटक एपमा प्रतिबन्ध लगाउने देशको संख्या २७ पुगेको छ।
कुनकुन देशमा कहिले बन्द भयो टिकटक बारे सम्पूर्ण जानकारी,
१) इन्डोनेसिया:- धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउँदै, सन् २०१८
२) अजरबैजान:- नागोर्नो कारबाख युद्धलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै, सन् २०२०
३) पाकिस्तान:- जातीय तथा धार्मिक द्वन्द्व फैलाउने सुरक्षा जोखिम देखाउँदै, सन् २०२०
४) भारत:- गोपनीयता, सुरक्षा जोखिम र टिकटकको बाइट-डान्स टेक्नोलोजी जोखिम देखाउँदै टिकटकलगायत चिनियाँ अन्य एप प्रयोगमा प्रतिबन्ध, सन्
२०२०
५) ताइवान:- राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै, सन् २०२२
६) बेल्जियम:- गोपनीयता, साइबर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउँदै, सन् २०२३
७) डेनमार्क:- साइबर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली तथा निकायमा प्रयोग प्रतिबन्ध, सन् २०२३
८) न्युजिल्यान्ड:- जनरल कम्युनिटी सेक्युरिटी ब्युरोको सुझावमा सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसँग आबद्वता प्रतिबन्ध, सन् २०२३
९) अफगानिस्तान:- युवाहरूमा नकारात्मकता विकास हुने र जातीय तथा धार्मिक द्वन्द्व फैलिने जोखिम र इस्लामिक कानुनविपरीत जनाउँदै, सन् २०२२ मा
टिकटक र पब्जी
१०) क्यानडा:- गोपनियता र सुरक्षा जोखिम देखाउँदै सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध, सन् २०२३
११) सोमालिया:- अफवाह फैलाउने जोखिम देखाउँदै सीमित कन्टेन्ट पोस्टबाहेक अन्य प्रतिबन्ध, सन् २०२३
१२) अर्मेनिया:- विगत ३५ वर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्धलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै, सन् २०२०
१३) अमेरिका:- सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध, सन् २०२२
१४) बंगलादेश:- पोर्नोग्राफी, जुवाखेल र सुरक्षाको जोखिम देखाउँदै, सन् २०१८ र पब्जी तथा फ्रि फायर सन् २०२१
१५) बेलायत:- सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध, सन् २०२३
१६) इरान: धार्मिक कारण देखाउँदै, सन् २०२३
१७) जोर्डन:- प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउँदै अस्थायी रूपमा प्रतिबन्ध, सन् २०२२
१८) अस्ट्रिया:- गुप्तचर निकायको प्रतिवेदनका आधारमा सुरक्षा जोखिम देखाउँदै, सन् २०२३
१९) इस्टोनिया:- राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै, सन् २०२३
२०) फ्रान्स:- तथ्यांक सुरक्षा जोखिम देखाउँदै टिकटक, ट्विटर, इन्टाग्राम, नेटफ्लिक्स, क्यान्डीक्रसलगायत एपको प्रयोग सरकारी कर्मचारीले गर्न नपाउने, सन्
२०२३
२१) आयरल्यान्ड:- साइबर सुरक्षा जोखिम देखाउँदै, सन् २०२३
२२) लाटभिया:- सुरक्षा जोखिम देखाउँदै, सन् २०२३
२३) माल्टा:- साइबर सुरक्षा जोखिम देखाउँदै सरकारी प्रणालीहरूमा प्रयोग पूर्ण प्रतिबन्ध, सन् २०२३
२४) नेदरल्यान्ड :- तथ्यांक सुरक्षा जोखिमका कारण सरकारी कर्मचारीलाई प्रयोगमा प्रतिबन्ध, सन् २०२२
२५) नर्वे:- राष्ट्रिय सुरक्षा अधिकारीको प्रतिवेदन अनुसार प्रधानमन्त्री, मन्त्री, सचिव, राजनीतिक सल्लाहकारहरूलाई प्रयोगमा प्रतिबन्ध, सन् २०२३
२६) अस्ट्रेलिया:- सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री, सल्लाहकारले सरकारी डिभाइस र मोबाइलमा प्रयोग प्रतिबन्ध, सन् २०२३
२७) नेपाल :- सामाजिक सद्भाव बिथोलिएको कारण प्रतिबन्ध, सन् २०२३





