कार्तिक २७, डेस्क। बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ। गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।
उपचार गर्नका लागि गम्भीर घाइते भएका घिमिरेलाई अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । गए राति दुई समूहबीच झगडा भएको थियो।
झडपमा संलग्न व्यक्तिहरु फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






