मुस्ताङ जाँदै गरेका जर्मन नागरिकको मोटरसाइकल दुर्घटनामा मृत्यु

|

कात्तिक २४, डेस्क। मुस्ताङको जोमसोम जाँदै गरेका एक जना जर्मन नागरिकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

पोखरा देखि जोमसोम जाँदै गरेका जर्मन नागरिक म्याट्रेड विको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भीरबाट मोटरसाइकल अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको प्रहरीले जनाएको छ ।

सडक देखि करिब ६० मिटर तल भीरमा अल्झेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो ।

४ जना स्पेनिस र ११ जर्मन गरी जम्मा १५ जना मोटरसाइकल राइडर बिहीबार पोखराबाट बेनी हुँदै मुक्तिनाथ यात्रामा गएका म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित