कात्तिक २३ , डेस्क। नेपाल सरकारले मुलपानी सहित तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माण अघि बढाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मूलपानी मैदान (तल्लो), मोरङको बैजनाथपुरमा निर्माणधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेर अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने निर्णय गरेको हो ।
आज गरेको निर्णय अनुसार ३ देखि ४ वर्षमा तीन ओटै क्रिकेट रंगशाला तयार हुने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले जानकारी दिए ।





