संघीय सरकार विरुद्ध आन्दोलनको घोषणा गर्ने आज मधेश सरकार

|

कात्तिक २२, डेस्क। आज मधेश सरकारले संघीय सरकार विरुद्ध आन्दोलनको घोषणा गर्ने छ ।

प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको माग गर्दै आन्दोलनको घोषणा गर्न लागेको हो ।

आन्दोलनको घोषणा गर्न आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामति ऐन लगायतको विषयमा संघर्षमा उत्रिने सम्मको निर्णय नै गरेको थियो ।

आज पत्रकार सम्मेलन गरी बिहीबार मुख्यमन्त्री सरोजकुमार यादव आफ्नै नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दहाललाई पन्ध्रदिने अल्टिमेट सहित ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।

यदि अल्टिमेटमको समय सिमा भित्र प्रहरी समायोजनको काम अघि नबढे मुख्यमन्त्रीकै नेतृत्वमा काठमाडौंको माइतिघर मण्डलामा मन्त्रीहरु संघीय सरकार विरुद्ध धर्ना बस्ने सहितको कार्यक्रम छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित