तिनाउ नदीमा फोटो खिच्ने क्रममा लडेपछि एक भारतीय युवतीको मृत्यु

|

कात्तिक २१,डेस्क। एक जना भारतीय युवतीको तीनाउ नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा भारत उत्तरप्रदेशको मगहरकाजिपुर घर भइ नेपाल घुम्न आउनुभएकी शाहिस्ता प्रविनको नदीमा डुबेर मृत्यु भएको छ।

मङ्गलबार दिउँसो भारतबाट शैक्षिक भ्रमणका क्रममा पाल्पा आउनु भएका प्रविनको तिनाउ नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तिनाउ गाउँपालिका –३, स्थित ड्याम नजिकै साथीहरू सँगै फोटो खिच्ने क्रममा तिनाउ नदीमा लडेपछि डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिऐ ।

चर्चित समाचार


भर्खरै प्रकाशित