कर्णाली प्रदेश सभामुख नन्दा गुरुङ र उपसभामुख यसोधा न्यौपाने सवार गाडि दुर्घटनामा

|

कार्तिक १८, डेस्क। कर्णाली प्रदेशको सभामुख र उपसभामुख सवार भएको गाडी बागलुङमा दुर्घटनामा परेको छ।

सभामुख र उपसभामुख सवार भएको गाडीमा मोटरसाइकल ठक्कर हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख र उपसभामुखले सवार गाडीमा  पनि क्षति पुगेको छ।

बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङ स्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिएको छ।

रुकुमपूर्व हुँदै कर्णाली तर्फ जाँदै गरेको सभामुख नन्दा गुरूङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग ११ प ८१५७ नम्बरको मोटरसाइकल सँग एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

मोटरसाइकलमा तीन जना यात्रुहरु सवार भएका थिए। मोटरसाइकल अनियन्त्रित भएर गाडीमा ठोक्किएको थियो। मोटरसाइकल चालक बागलुङको निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्रीका १८ वर्षीय विमल खत्रीलाई थप उपचारका लागि पोखरा पठाइएको सूचना अधिकारी केसीले जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित