हमासको आक्रमणमा ज्यान गुमाएका आनन्द साहको शव आज घर ल्याइयो

|

कात्तिक १८ , डेस्क। गत ७ अक्टोबरमा हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाका आनन्द साहको शव आज घर ल्याइएको छ ।

नेपाली सेनाले आफ्नो विशेष विमानबाट आज धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपहीमा रहेको उनको घरमा शव ल्याइ दिएको हो ।

विमानस्थल बाट आज अपराह्न साढे ५ बजे जनकपुरधामको विमानस्थलमा उनको शव ल्याइएको थियो ।

जनकपुरधामको विमानस्थलबाट नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर पुर्याएको थियो।

उनको शव ल्याइएपछि घरपरिवारसहित गाउँबासी शोकमग्न एवम् भावविह्वल भएका छन् ।

आज अपराह्न नै आनन्द साहको दाहसंस्कार सम्पन्न गरिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित