असोज २५, काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी नेपाली राष्ट्रि महिला फुटबल टिमकी सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन् ।
सावित्रा यसै सिजन इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी हुन् । एसियाली राष्ट्र भएपनि युरोपेली पुटबल महासंघमा आबद्भ भएकोले सावित्रा युरोपियन लिगमा खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।
अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । त्यसैले सावित्रा स-कुशल घर फर्किएकी हुन् ।





