रसुवाको चिलिमे टनेलमा फसेकाहरूको खोजी जारी: लेदो र भग्नावशेष हटाउन रातभर खटियो उद्धार टोली

|

रसुवा। रसुवास्थित चिलिमे टनेल क्षेत्रमा फसेका मजदुर तथा प्राविधिकहरूको खोजी र उद्धारका लागि रातभर काम जारी राखिएको छ।

उद्धार टोलीले रातभरी नै सुरुङ नजिक जम्मा भएको लेदो, माटो तथा ठूला भग्नावशेषहरू हटाउने कार्यलाई निरन्तरता दिएको हो।

एक्साभेटर लगायतका भारी उपकरणहरूको प्रयोग गरी टनेल प्रवेश गर्ने मुख्य बाटो खुलाउने प्रयास निरन्तर भइरहेको छ। प्रतिकूल मौसम र ठूलो मात्रामा थुप्रिएको लेदोका बीच पनि सुरक्षा निकाय र उद्धार टोलीले रातदिन नभनी काम गरिरहेका छन्।

रातिको समयमा समेत उद्धारकर्ताहरू टनेलभित्र प्रवेश गर्ने सम्भावित बाटो बनाउन निरन्तर जुटिरहेका थिए।

चर्चित समाचार


भर्खरै प्रकाशित