वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरण

|

रौतहट, भाद्र १९ — रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका बाढीपीडित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाली कांग्रेस वृन्दावन नगर कार्यसमितिले रु. १,०४,०५५ (एक लाख चार हजार पाँच सय पचपन) सहयोग रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।

“मानवता हाम्रो धर्म, सेवा हाम्रो कर्म” भन्ने मूल नाराका साथ नेपाली कांग्रेस वृन्दावन नगर कार्यसमितिको पहलमा स्थानीय जनप्रतिनिधि, पार्टी पदाधिकारी तथा विभिन्न समाजसेवीहरूको योगदानबाट उक्त रकम संकलन गरिएको हो।

राहत कोषमा रकम जम्मा गर्ने क्रममा नगर सभापति अरविन्द सहनी, क्षेत्रीय सभापति (क्षेत्र नं. ४) रामस्नेही राय यादव, वडा नं. ४ का वडा अध्यक्ष श्यामनन्दन प्रसाद यादव, वडा सभापतिहरू, पूर्व वडा अध्यक्षहरूलगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

विपत्तिको यस कठिन समयमा सहयोग हात बढाउने सम्पूर्ण सहयोगी महानुभावहरूप्रति नेपाली कांग्रेस वृन्दावन नगर कार्यसमितिले हार्दिक आभार व्यक्त गर्दै बाढीपीडित परिवारहरूका लागि यो सहयोग एक महत्वपूर्ण सहारा बन्ने विश्वास व्यक्त गरेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित