शनिबार एमाले सचिवालय बैठक, चुनावपछि पहिलो चोटी ओली सहभागी हुँदै

|

वैशाख ३१,डेस्क। चुनावपछि पहिलोपटक नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सचिवालय बैठक बस्ने भएको छ । पार्टीका एक पदाधिकारीका अनुसार बैठक शनिबारका लागि तय गरिएको हो ।

बैठकका एजेन्डा तय गर्ने काम पदाधिकारीहरूले गरिरहेको ती नेताले शिलापत्रलाई जानकारी दिए । यसअघि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’ ले सम्हालिरहेका थिए ।

चुनावपछि एमालेकाे औपचारिक समीक्षा बैठकसमेत बस्न सकेको छैन । बुवाको निधनपछि अध्यक्ष ओली शोकमा थिए । त्यसलगत्तै उनी पक्राउ परेका थिए ।

पक्राउपछि पित्तथैलीको शल्यक्रिया गरी आराम गरिरहेका कारण उनी पार्टीका औपचारिक गतिविधिमा सक्रिय हुन सकेका थिएनन् । यद्यपि, भक्तपुरकाे गुण्डुस्थित निवासबाटै उनी पार्टी गतिविधिमा सक्रिय हुँदै आएका थिए ।

पार्टीका औपचारिक कार्यक्रममा सहभागी नहुने र बैठकसमेत नराख्ने अवस्था भएपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले २५ वैशाखमा गुण्डुस्थित निवासमै पुगेर ओलीसँग भेटवार्ता गरेका थिए ।

सोही भेटपछि सचिवालय बैठक राख्न उनी सहमत भएको ती नेताले बताएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित