प्रधानमन्त्रीले सदनमा जनताको प्रश्नको उत्तर दिन सक्नु पर्छ- हर्क

|

वैशाख २९, डेस्क। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमूना भएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमूना भएको भन्दै के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘यो सरकार छ कि छैन् ? प्रधानमन्त्री छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्छ कि पर्दैन? संसदमा उभिएर सांसदहरुको प्रश्नको उत्तर नदिनु भनेको जनताका प्रश्नको उत्तर नदिनु हो भन्ने हुन्छ ? जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ?’

चर्चित समाचार


भर्खरै प्रकाशित