मधेशमा १८७ प्रहरीमाथि कारबाही, आन्तरिक सुधार अभियान तीव्र

|

बैशाख ०८, महोत्तरी। मधेश प्रदेशमा विवादित तथा बद्नामीमा मुछिएका प्रहरी कर्मचारीमाथि व्यापक कारबाही गरिएको दाबी गरिएको छ। एक डीआईजीका अनुसार उजुरी तथा छानबिनका आधारमा हालसम्म १८७ जना प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।

उनका अनुसार केही प्रहरीलाई प्रदेश बाहिर सरुवा गरिएको छ भने बाँकीलाई हालको जिम्मेवारीबाट हटाई गण वा अन्य जिल्लामा पठाइएको छ। उनले यस्तो कदम सुशासन कायम गर्न र संगठनभित्र देखिएका विकृति तथा बेथिति अन्त्य गर्न चालिएको बताएका छन्।

डीआईजीले केही प्रहरी र बिचौलिया समूह मिलेर आफ्नो विरुद्ध भ्रामक प्रचार गरिएको आरोप पनि लगाएका छन्। उनका अनुसार झुटा अडियो तयार पार्ने, सञ्चारमाध्यममार्फत भ्रम फैलाउने जस्ता गतिविधि भइरहेको छ, जसले सुधार अभियानलाई कमजोर पार्ने प्रयास भइरहेको देखिन्छ।

यसैक्रममा बरिष्ठ सई सागर शम्सेर राणामाथि तस्करसँग मिलेर बनावटी अडियो तयार गरेको आरोपमा निलम्बन गरी अनुसन्धान अघि बढाइएको जनाइएको छ।

डीआईजीले संगठनभित्रका यस्ता अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही जारी रहने स्पष्ट पारेका छन्।

यस कदमलाई मधेश प्रदेशका सर्वसाधारणले सकारात्मक रूपमा लिँदै स्वागत गरेका छन् भने धेरैले यसलाई प्रहरी संगठन सुधारतर्फको महत्वपूर्ण पहलका रूपमा हेरेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित