बैशाख ०४, रौतहट / मेवालाल यादव। जनमत पार्टीको केन्द्रीय सचिवालयको निर्देशनअनुसार रौतहट जिल्ला पार्टी कार्यालय, गौरमा आयोजित जिल्ला समन्वय समितिको बैठकबाट नयाँ जिल्ला पदाधिकारी समितिको गठन गरिएको छ। बैठक बिहान ११ बजे सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा मधेश प्रदेश प्रवक्ता ललित मल्लिक शानु रहनुभएको थियो। बैठकको अध्यक्षता जिल्ला इन्चार्ज शेख जमशैदले गर्नुभएको थियो।
बैठकले सर्वसम्मत रूपमा विकास कुमार यादवलाई जिल्ला अध्यक्षमा चयन गरेको छ। नवगठित समितिमा विजय पटेल, मनिषा देवी र रामप्रवेश पटेल उपाध्यक्ष, प्रकाश झा सचिव, असमा खातुन तथा धर्मेन्द्र महतो सहसचिव, राजु यादव कोषाध्यक्ष तथा रामविश्वास साह सञ्चार प्रमुखमा चयन हुनुभएको छ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू देवेन्द्र मिश्र, डा. रामाशंकर ठाकुर, नवीन श्रीवास्तव लगायत पार्टीका केन्द्रीय सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






