जमीअत उलमाए नेपालमा इसत्याक अहमद प्रेस सल्लाहकार नियुक्त

|

बैशाख ०३, रौतहट। जमीअत उलमाए नेपालको केन्द्रीय कार्यालय, काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय दैनिक पत्रिका मध्यान्हसँग आवद्ध पत्रकार इसत्याक अहमदलाई प्रेस सल्लाहकार पदमा नियुक्त गरिएको छ।

केन्द्रीय कार्यालयको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष मौलाना नजीर नदवी तथा महासचिव मुफती शमीम कास्मीले इसत्याक अहमदलाई औपचारिक रूपमा नियुक्ति प्रदान गर्दै जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

नवनियुक्त प्रेस सल्लाहकार इसत्याक अहमदलाई संस्थासँग सम्बन्धित सूचना, सन्देश तथा गतिविधिहरूको प्रचार–प्रसार गर्ने सम्पूर्ण जिम्मेवारी दिइएको छ।

कार्यक्रममा संस्थाका विभिन्न पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले इसत्याक अहमदले आफ्नो पत्रकारिता अनुभव र क्षमतामार्फत संस्थाको सञ्चार कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित