चैत्र ०९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको आगमन र प्रस्थानतर्फ नेपाली मूलका विदेशी नागरिकका लागि छुट्टै लाइन र अध्यागमन डेस्कको व्यवस्था गरिएको छ ।
अध्यागमन विभाग, अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारीले सोमबार (चैत ९) एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।
“अध्यागमन विभागको मिति २०८२/१२/०८ को निर्णयानुसार त्रि.अ.वि. अध्यागमन कार्यालयको आगमन र प्रस्थानतर्फ नेपाली मूलका विदेशी नागरिकका लागि छुट्टै लाइन र अध्यागमन डेस्कको व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।






