मंसिर १८, महोत्तरी। महोत्तरीको पिपरा गाउँपालिका ६ रतौलीका ९३ मुसहर घरपरिवारलाई रतौली युवा क्लबले विभिन्न सामग्रीहरु प्रदान गरेको छ ।
रतौलीका पकेट एरियाका सुख्खा क्षेत्रका ९३ परिवारलाई १ थान बाल्टिन, धुली पात्र, कुच्चो, सेनेटरी प्याड, र ४ थान साबुन बितरण गरिएको क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीले जानकारी दिएका छन् । ती सामाग्रिहरु वडा अध्यक्ष र ग्रामीणहरूको उपस्थितिमा वितरण गरिएको क्लबका निर्देशक चौधरीले बताए ।
संस्थाले सुरक्षित परिवार कक्षा संचालन कार्यक्रम अन्तरगत अभिभावक तथा बालबालिकालाई तिन थान साबुन, दुई थान टूथपेस्ट, पाँच थान टूथब्रश, र एक थान सेनेटरी प्याड वितरण गरिएको क्लबका निर्देशक चौधरीले जानकारी दिए ।
यसअघि पनि उक्त संस्थाले जिल्लाको विभिन्न सुख्खापीडित परिवारहरुलाई राहत वितरण गर्दै आइरहेको कार्यलाई निरन्तरता दिइरहेको छ ।






